काठमाडौं ।
नेप्से परिसूचक फेरि २६ सय बिन्दुभन्दा तल झरेको छ।
आज आइतबार सेयर बजारमा गिरावट आउँदा नेप्से परिसूचक १९.९२ अंकले घटेर २५९५ बिन्दुमा कायम भएको छ। कारोबार सुरु भएदेखि नै बजार लगातार ओरालो लाग्दै दिनभर रातोमै सीमित रह्यो।
कारोबार रकम पनि सामान्य रूपमा घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएकोमा आज ४ अर्ब ५२ करोड रुपैयाँमा सीमित भयो।
आजको कारोबारमा ४३ कम्पनीको सेयर मूल्य बढ्दा २०७ कम्पनीको घट्यो भने ७ कम्पनीको मूल्य स्थिर रह्यो।
क्षेत्रगत सूचकतर्फ होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.६३ प्रतिशतले घट्यो। त्यसैगरी
जीवन बीमा १.५२ प्रतिशत
विकास बैंक १.४२ प्रतिशत
फाइनान्स १.३८ प्रतिशत
बैंकिङ ०.४७ प्रतिशत
जलविद्युत् ०.८६ प्रतिशत
लगानी ०.६२ प्रतिशत
उत्पादन तथा प्रशोधन ०.१० प्रतिशत
निर्जीवन बीमा ०.८० प्रतिशत
अन्य ०.४२ प्रतिशत
व्यापार समूह १.०१ प्रतिशतले घटेका छन्।
कम्पनीगत रूपमा एसवाई प्यानलको सेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ। त्यस्तै तेह्रथुम पावर ८.२० प्रतिशत, मानुषी लघुवित्त ८.१४ प्रतिशत र लक्ष्मी लघुवित्त ५.५७ प्रतिशतले बढेका छन्।
यता, सिन्धु विकास बैंकको सेयर मूल्य १० प्रतिशतले घट्यो। त्यसैगरी नारायणी डेभलपमेन्ट बैंक ७.५५ प्रतिशत, अपर स्याङ्गे हाइड्रोपावर ७.४५ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंक ६.६४ प्रतिशतले घटेका छन्।
आज सबैभन्दा बढी कारोबार भएका कम्पनीहरूमा स्वस्तिक लघुवित्त, बाराही हाइड्रोपावर, सन नेपाल लाइफ इन्स्योरेन्स, लुम्बिनी विकास बैंक र नेपाल लाइफ इन्स्योरेन्स रहेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया