एमाले केन्द्रीय कमिटी बैठकको तालिका परिवर्तन

195 Shares

काठमाडौँ । नेकपा एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकको समय परिवर्तन गरेको छ। आज दिउँसो १ बजे बस्ने भनिएको बैठक २ बजेसम्मका लागि सरेको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले जानकारी दिनुभयो।

बैठक बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बस्नेछ। बिहीबार सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ सदस्यीय नयाँ केन्द्रीय कमिटी निर्वाचित भएको हो।