एमालेमा ओलीका राजनीतिक व्यवस्थापकलाई पराजय

181 Shares

काठमाडौं । नेकपा एमालेको उपमहासचिव पदमा विष्णु रिमाल पराजित भएका छन् । अध्यक्ष केपी शर्मा ओलीका निकट राजनीतिक व्यवस्थापकका रूपमा चिनिएका रिमाल यसपटक उपमहासचिवमा दोहोरिन असफल भएका हुन् ।

एमालेमा तीन उपमहासचिव पदका लागि भएको निर्वाचनमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । भट्टले १ हजार ४५२, महासेठले १ हजार ३६८ र भट्टराईले १ हजार ३४८ मत प्राप्त गर्दा रिमालले १ हजार ९१ मत मात्र ल्याए ।

रिमाल लामो समयदेखि ओलीका मुख्य राजनीतिक सल्लाहकार तथा व्यवस्थापकका रूपमा सक्रिय रहे पनि महाधिवेशनको परिणामले पार्टीभित्र उनको समर्थन कमजोर रहेको संकेत गरेको छ । दशौं महाधिवेशनमा उपमहासचिवमा निर्विरोध निर्वाचित भएका रिमाल यसपटक प्रतिनिधिहरूबाट अनुमोदित हुन सकेनन् ।