काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल अत्याधिक मतसहित नेकपा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् ।
राजधानी विशेष भूगोलतर्फबाट उम्मेदवार बनेकी डंगोलले ४० वर्षमुनिको युवा क्लस्टरअन्तर्गत प्रतिस्पर्धामा रहेका अन्य उम्मेदवार इन्जिनियर राजन थापा र सन्तोष खड्कालाई फराकिलो मतान्तरले पराजित गरेकी हुन् । निर्वाचन परिणामअनुसार डंगोलले १ हजार ६ सय ६८ मत प्राप्त गर्दा थापाले २ सय २९ र खड्काले ३ सय ३० मत मात्र प्राप्त गरेका थिए ।
यससँगै सुनिता डंगोलको एमालेको केन्द्रीय राजनीतिमा औपचारिक यात्रा सुरु भएको छ । उनी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्यानलबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा रहेकी थिइन् ।
यता, कोशी प्रदेशबाट युवा क्लस्टरतर्फ उम्मेदवार बनेका युवा संघका अध्यक्ष क्षितिज थेबे पनि अत्याधिक मतान्तरसहित केन्द्रीय सदस्यमा विजयी भएको एमाले निर्वाचन आयोगले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया