काठमाडौं । सरकारले निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।
मन्त्रिपरिषद्मा पेश गरिएको अध्यादेशअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूची संशोधन गर्न प्रस्ताव गरिएको छ । संशोधनमार्फत दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारु र मुस्लिम समुदायको जनसंख्या प्रतिशतको आधारमा प्रतिनिधित्व निर्धारण गर्ने व्यवस्था मिलाउन अध्यादेश ल्याउन लागिएको हो ।
सरकारले समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न कानुनी व्यवस्था परिमार्जन आवश्यक भएकाले अध्यादेशमार्फत संशोधन गर्नुपरेको जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया