काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । यस दिन नेप्से परिसूचक १०.६६ अंकले घटेर २६१५ अंकमा झरेको हो । अघिल्लो कारोबार दिन नेप्से २६२५ अंकमा रहेको थियो ।
दिनभर बजार ओरालो लागे पनि कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ४ अर्ब ५ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ४ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको छ । यस दिन ६३ कम्पनीको सेयर मूल्य बढ्दा १९४ कम्पनीको घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ ।
समूहगत सूचकतर्फ फाइनान्स समूह सबैभन्दा धेरै १.५५ प्रतिशतले घट्यो । होटल तथा पर्यटन समूह स्थिर रहँदा निर्जीवन बीमा समूह ०.२२ प्रतिशत र व्यापार समूह ०.४८ प्रतिशतले बढेका छन् । अन्य समूहमा बैंकिङ ०.२२, विकास बैंक ०.१२, हाइड्रोपावर ०.५५, लगानी ०.४१, जीवन बीमा ०.६७, उत्पादन तथा प्रशोधन ०.१७, माइक्रोफाइनान्स ०.४९ र अन्य समूह १.१९ प्रतिशतले घटेका छन् ।
यस दिन दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । स्वस्तिक लघुवित्त र एसवाई प्यानलको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै सिन्धु विकास बैंकको सेयर मूल्य ९.५६ प्रतिशत, सीवाईसी लघुवित्तको ४.८७ प्रतिशत र सप्तकोशी विकास बैंकको ४.४४ प्रतिशतले बढेको छ ।
घट्ने कम्पनीतर्फ बाराही हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ४.७६ प्रतिशतले घटेको छ । त्यस्तै गुहेश्वरी मर्चेन्ट फाइनान्सको ३.१३ प्रतिशत र मोदी इनर्जीको ३.०२ प्रतिशतले सेयर मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा बाराही हाइड्रोपावर, राधि विद्युत्, बुटवल पावर, ङादी ग्रुप र सप्तकोशी विकास बैंक अग्रस्थानमा रहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया