एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश निर्वाचित

193 Shares

काठमाडौं । नेकपा एमालेको उपमहासचिव पदमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन्।

घोषित अन्तिम मतपरिणाम अनुसार लेखराज भट्टले १ हजार ४ सय ५२ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। रघुवीर महासेठले १ हजार ३ सय ६८ मत ल्याएर जित हात पारेका छन् भने योगेश भट्टराई १ हजार ३ सय ४८ मतसहित निर्वाचित भएका छन्।

भट्ट र महासेठ अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्यानलबाट उम्मेदवार बनेर विजयी भएका हुन् भने भट्टराई ईश्वर पोखरेल प्यानलबाट उम्मेदवार बनेर निर्वाचित भएका हुन्।

अन्य उम्मेदवारहरूले प्राप्त गरेको मत यस प्रकार छ: विष्णुप्रसाद रिमालले १ हजार ९१, आनन्दप्रसाद पोख्रेलले ६३५, वैजनाथ चौधरीले ५१७ र राजेन्द्रप्रसाद गौतमले २७० मत प्राप्त गरेका छन्।