मधेस प्रदेशमा मन्त्रीमण्डल विस्तार, ३ मन्त्रीले लिए शपथ

196 Shares

काठमाण्डौ । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण यादवले मन्त्रीमण्डल विस्तार गरेका छन् । आइतबार नेपाली कांग्रेस, जनमत पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट १÷१ जनालाई मन्त्रीमण्डलमा सामेल गराएर उनले मन्त्रीमण्डल विस्तार गरेका हुन् । जनमत पार्टीबाट मन्त्री बनेका महेश यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने कांग्रसका जंगीलाल राय र नेकपा एकीकृत समाजवादी पार्टीका कनिष पटेललाई विना विभागीय मन्त्री बनाइएको छ । नवनियुक्त तीनै जना मन्त्रीहरूले आजै शपथ ग्रहण समेत गरेका छन् । उनीहरूलाई प्रदेश प्रमुख डा।सुरेन्द्र लाभले शपथ ग्रहण गराएका हुन् ।591833605_1788638645171448_5666046935713254808_n_qqAaRW5jBB.jpg