काठमाडाैं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूख्य घटेको छ।
शुक्रबार प्रतितोला २ हजार पाँच सय रूपैयाँले बढेको सुनको मूल्य आइतबार तोलामा ३ हजार एक सय रूपैयाँले घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुन प्रतितोला ३ लाख चार हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। शुक्रबार सुन प्रतितोला ७ लाख ७ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी शुक्रबार प्रतितोला ४ हजार सात सय ६५ रूपैयाँमा कारोबार भएको थियाे। तर चाँदी आइतबार तोलामा ४ हजार सात सय २५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य शुक्रबारको तुलनामा प्रतितोला ४० रूपैयाँले घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस ४ हजार चार सय ३१ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया