निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा

161 Shares

काठमाण्डौ ।  प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गर्नुभएको सर्वपक्षीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावबारे छलफल गर्न प्रधानमन्त्री कार्कीले बैठक आह्वान गरेकी हुन् । बैठकमा निर्वाचन तयारी, सुरक्षा व्यवस्था र निर्वाचन वातावरणका विषयमा केन्द्रित रही छलफल भइरहेको छ । बैठकमा नेपाल सरकारका मन्त्रीहरू, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत राजनीतिक दलका प्रतिनिधि सहभागी रहनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा निर्वाचन आयोग, सुरक्षा निकाय, सुरक्षा निकायका प्रमुख पनि सहभागी छन् । प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य चुनावलाई केन्द्रित गर्दै सरकारले सरोकारवाला पक्षसँग निरन्तर छलफल गर्दै आएको छ । चुनावका लागि आयोगले कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ । चुनावमा भाग लिन भनी आयोगमा निवेदन दिएका दलहरूले चुनाव केन्द्रित गतिविधि अगाडि बढाइसकेका छन् ।