महाराजगञ्जमा ओली र देउवाबीच भेटवार्ता

153 Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । देउवा निवास महाराजगञ्जमा आज दुई नेताबीच भेटवार्ता भएको हो । भेटमा ओली–पत्नी राधिका शाक्य र देउवा–पत्नी आरजु राणा पनि सहभागी हुनुहुन्थ्यो । गएको भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनपछि एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीच पहिलो पटक भेटवार्ता भएको हो ।