178
Shares
काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दैछ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावबारे छलफल गर्न आज दिउँसो ४ बजे सर्वपक्षीय बैठक बस्न लागेको हो । प्रधानमन्त्री कार्कीले बैठकमा दलका प्रतिनिधिसँगै नवयुवाका प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायत लगायत चुनावसँग सरोकार राख्ने निकायलाई पनि आह्वान गर्नुभएको छ । फागुन २१ गतेको चुनावलाई केन्द्रित गर्दै सरकारले सरोकावाला पक्षसँग निरन्तर छलफल गर्दै आएको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी ९एमाले०, नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० लगायत दलहरुले चुनाव केन्द्रित गतिविधि अगाडि बढाएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया