सिपी गजुरेलको पार्टीले निर्वाचन बहिष्कार गर्ने

278 Shares

काठमाडौँ । सिपी गजुरेल नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचन सशक्त बहिस्कार गर्ने निर्णय गरेको छ । मंसिर १६–१७ गतेसम्म चितवनमा बसेको केन्द्रीय समितिको बैठकको निर्णय बिहीबार भरतपुरमा सार्वजनिक गर्दै चुनाव बहिष्कार गर्ने जनाएको हो । जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारलाई ‘अमेरिकी योजनामा बनेको कठपुतली सरकार’ भन्दै आएको यो पार्टीले निर्वाचन सशक्त बहिष्कार गर्ने निर्णय गरेको छ । पार्टीको साङ्गठनिक क्षमताको सापेक्षतामा वर्तमान सरकार र व्यवस्थाको भण्डाफोर गर्दै निर्वाचन बहिष्कारको कार्यक्रम अगाडि बढाउने महासचिव गजुरेलले जानकारी दिए । क्रान्तिकारी कम्युनिस्ट पार्टीले देशभक्त ,गणतन्त्रवादी क्रान्तिकारी,जनवादी तथा वामपन्थीबिच संयुक्त मोर्चा निर्माण गर्ने र स्वाधीन संयुक्त सरकारको पक्षमा आन्दोलन अगाडि बढाउने पनि जनाएको छ ।

cp_M0UD0zYFSc.jpg