मधेशमा कांग्रेस र लोसपाले मुख्यमन्त्रीको दावी नछाडेपछि सात दलको बैठकमा सहमति जुटेन

167 Shares

काठमाण्डौ । मधेश प्रदेशमा नयाँ सरकार बनाउने विषयमा बसेको सात दलको बैठकमा निष्कर्षविनै टुंगिएको छ । कांग्रेस र लोसपाले मुख्यमन्त्रीको दाबी नछोडेपछि बैठक बिनानिष्कर्ष टुंगिएको जसपा नेपालका प्रमुख सचेतक राम आशिष यादवले जानकारी दिएका छन्। कांग्रेसले मधेश प्रदेशमा सबै दलको नेतृत्वमा सरकार बनिसकेकाले कांग्रेसको पालो भन्दै मुख्यमन्त्री दिनुपर्ने अडान राखेको छ । लोसपाले भने जितेन्द्र सोनलको सरकार धेरै दिन नचलेको र अपमानपूर्ण हट्नु परेकोले एक पटक फेरि लोसपालाई अवसर दिनुपर्ने भन्दै मुख्यमन्त्रीको दाबी गरेको छ । अब कांग्रेस र लोसपा बसेर सहमति गरी आजै सात दलको बैठक बस्ने सहमति भएको छ । मधेश प्रदेशमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने समय भोलि बेलुका ५ बजेसम्म रहेको छ ।