एकता र सहकार्यका लागि दलहरूलाई तमलोपाको अपिल

174 Shares

काठमाडौँ । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले एकता र सहकार्यका लागि दलहरूलाई आग्रह गरेका छन् ।  उनले आज एक विज्ञप्ति जारी गर्दै एकताका लागि अपिल गरेका हुन् ।  उनले मधेस, थरुहट तथा आदिवासी जनजातिको पहिचान, सम्मान र समान नागरिक अधिकारको व्यवहारिक अभ्यासका लागि सङ्घर्षरत शक्तिहरूलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको समेत उल्लेख गरेका छन् । आन्तरिक तथा बाह्य कारणले भेदभाव र सिमान्तीकरण विरुद्ध सङ्घर्षरत यी शक्तिहरू कमजोर भएको दाबी गर्दै उनले आफ्नो न्यायपूर्ण एजेन्डाप्रति प्रतिबद्ध भएर एकताका लागि अघि सर्न आग्रह गरेका छन् ।  महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी ९राजपा० बाट अलग भएर वृषेशचन्द्र लालले तमलोपा पुनर्गठन गरेका थिए ।