सुनचाँदी मूल्य घट्दो क्रममा

186 Shares

काठमाडौं । आज सुनको भाउ दुई हजार रुपैयाँले घटेको छ ।
आज सुन तोलाको २ लाख ३९ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतवार सुनको भाउ तोलाको दुई लाख ४१ हजार नौ सय रुपैयाँ थियो । महासङ्घका अनुसार आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ३५ रुपैयाँले घटेर चाँदी दुई हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार १५ रुपैयाँ थियो ।