सुनको मूल्य १ हजार २०० ले बढ्याे, कतिमा हुँदैछ कारोबार ?

332 Shares

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज सुनको मूल्य १ हजार २०० रुपैयाँले बढेको हो । 

मंगलबार छापावाल सुन एक तोलाको १ लाख ९० हजार ५०० रुपैयाँ कायम भएकोमा आज  १ लाख ९१ हजार ७०० रुपैयाँ कायम भएकाे छ । 

यस्तै चाँदीको मूल्य २ हजार १४५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य आज १० रुपैंयाँले घटेकाे हो ।