नेपाल लेखापरीक्षण सेवाको सहसचिव वा सोसरहको एक रिक्त पदमा बढुवाका लागि चार जना कर्मचारीको नाम सार्वजनिक गरिएको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवाका सम्भाव्य उम्मेदवारको योग्यताक्रम सार्वजनिक गरेको हो ।
पहिलो नम्बरमा रघुपति महत, दोस्रोमा महेश पौड्याल, तेस्रोमा दिनेश मिश्र र चौथोमा कुलचन्द्र भण्डारी रहेका छन् । बढुवा सूचना नम्बर २–२०८३÷८४ अन्तर्गत आवेदन दिएका चारै जना कर्मचारी सम्भाव्य उम्मेदवार कायम भएका हुन् ।
एक रिक्त सहसचिव पदका लागि चार जनाको नाम सार्वजनिक भएसँगै अब योग्यताक्रम र बढुवा प्रक्रियाअनुसार अन्तिम निर्णय हुने छ । यो नामावली बढुवाका सम्भाव्य उम्मेदवारको सूची हो, अन्तिम बढुवा निर्णय भने होइन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया