इरान युद्धमा अमेरिकाको ४८ अर्ब ३० करोड डलर खर्च

180 Shares


रानसँगको युद्धमा अमेरिकाले हालसम्म ४८ अर्ब ३० करोड अमेरिकी डलर खर्च गरेको खुलासा भएको छ । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) का अधिकारीले नोभेम्बर १३ सम्मको खर्च विवरण सार्वजनिक गर्दै युद्धमा ठूलो आर्थिक भार परेको जानकारी दिएका हुन् ।

युद्धमा प्रयोग भएका हतियार तथा गोलाबारुद, उपकरण प्रतिस्थापन र सैन्य सञ्चालनमा उक्त रकम खर्च भएको छ । रकम अमेरिकी कंग्रेसको बजेट कार्यालयले गत अगस्ट १ सम्मका लागि अनुमान गरेको ३८ अर्ब डलरभन्दा करिब २७ प्रतिशत बढी हो ।

तर सार्वजनिक गरिएको खर्चमा इरानको आक्रमणबाट मध्यपूर्वका विभिन्न क्षेत्रमा क्षति पुगेका अमेरिकी सैन्य संरचनाको मर्मत तथा पुनर्निर्माण खर्च समावेश गरिएको छैन । ‘द वाल स्ट्रिट जर्नल’ले पेन्टागनका स्रोतलाई उद्धृत गर्दै क्षतिग्रस्त सैन्य संरचनाको मर्मतमा पाँच अर्बदेखि १५ अर्ब डलरसम्म खर्च लाग्न सक्ने जनाएको थियो ।

सिनेटको सशस्त्र सेवा समितिका अध्यक्ष रोजर विकरले युद्धको वास्तविक लागतबारे विस्तृत विवरण उपलब्ध गराउन आग्रह गरेका छन् । सैन्य संरचनाको मर्मत खर्चसमेत जोड्दा इरान युद्धका कारण अमेरिकामाथि परेको आर्थिक भार ४८ अर्ब ३० करोड डलरभन्दा अझै बढी हुन सक्ने देखिएको छ ।