गृहमन्त्री गुरुङको चेतावनी: कर्मचारीले नेताको चाकडी गरे कडा कारबाही हुन्छ

19 Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राष्ट्रसेवक कर्मचारीलाई राजनीतिक दलको झोला बोक्ने र नेताको चाकडी गर्ने काम बन्द गर्न चेतावनी दिएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले कर्मचारीको जिम्मेवारी देश र जनताको सेवा गर्नु रहेको बताएका छन्।

सरकारमा आएदेखि नै राष्ट्रसेवक कर्मचारीको काम कुनै राजनीतिक दलको झोला बोक्ने वा नेताको चाकडी गर्ने नभई देश र जनताको सेवा गर्ने हुनुपर्ने स्पष्ट पार्दै आएको उनले उल्लेख गरेका छन्।

नेता र कर्मचारी सबैको साझा उद्देश्य देशप्रति समर्पित भएर जनताको सेवा गर्नु हुनुपर्ने उनको भनाइ छ।

पदीय जिम्मेवारी बिर्सिएर जनताको कामभन्दा नेताको चाकडीलाई प्राथमिकता दिने जोकोहीमाथि कानुनबमोजिम कडा कारबाही गरिने उनले चेतावनी दिएका छन्।

‘हामीलाई कसैको चाकडी गर्ने कर्मचारी होइन, जनताको दुःख बुझ्ने, आफ्नो कर्तव्य निभाउने र देशप्रति इमानदार राष्ट्रसेवक चाहिएको हो,’ उनले लेखेका छन्।

राजनीतिक दलको झोला बोकेर राजनीति गर्न पाइन्छ भन्ने भ्रम कसैले पालेको भए आजै त्याग्नुपर्ने उल्लेख गर्दै उनले यस विषयमा कुनै सम्झौता नहुने स्पष्ट पारेका छन्।

यस्तो छ फेसबुक स्ट्याटस: