पश्चिमी वायु र ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव, तराईमा तुवाँलो

13 Shares

काठमाडौं । नेपालमा पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव देखिएको छ । यसको असरले देशका केही हिमाली क्षेत्रमा बादल लागेको छ भने तराई, उपत्यका र खोँचका अधिकांश स्थानमा तुवाँलो फैलिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशसहित गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहेको छ ।

महाशाखाले आज दिउँसो कोशी र मधेस प्रदेशका साथै बागमती तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिक बदली रहने पूर्वानुमान गरेको छ । देशका अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ ।

त्यसैगरी, आज राति र शुक्रबार दिउँसो कोशी तथा मधेस प्रदेशमा आंशिक बदली कायम रहने सम्भावना छ । बाँकी क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।