दानबहादुरको रिटमा कारण देखाऊ आदेश, अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई बोलाइयो

70 Shares


पूर्वप्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सरकारसँग निर्णयको कानुनी आधार र कारणसहित लिखित जवाफ माग गरेको हो ।  

कार्कीले माग गरेको अन्तरिम आदेशका सम्बन्धमा छलफल गर्न दुवै पक्षलाई अदालतमा उपस्थित हुन बोलाइएको छ । कार्कीले आफूलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाउने मन्त्रिपरिषद्को निर्णय गैरकानुनी रहेको दाबी गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

पुरानै पदमा पुनर्बहाली गर्न र नयाँ प्रहरी महानिरीक्षक मनोजकुमार केसीको नियुक्ति रोक्न अन्तरिम आदेश माग गर्नुभएको छ । अदालतको पछिल्लो आदेशसँगै प्रहरी नेतृत्व परिवर्तनसम्बन्धी विवादको कानुनी प्रक्रिया थप अघि बढेको छ ।