उपसभामुख ठाकुरले जनकपुरमा मनाइन् छठ

24 Shares

जनकपुरधाम । प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित छठघाटमा पुगेर पूजाआराधना गरेकी छन् ।

आफ्नो जन्मस्थल मुजेलियास्थित छठघाट पुगेकी उपसभामुख ठाकुरले परिवारजनसँगै छठीमाताको पूजाआराधना गरी आशीर्वाद लिएकी हुन् । सोही घाटमा रास्वपाका सभापति रवि लामिछाने र उनकी धर्मपत्नी निकिता पौडेल लामिछानेले पनि आजै छठी पूजा गरेका छन् ।

छठ पर्वका अवसरमा विशिष्ट राजनीतिक व्यक्तित्वहरूको उपस्थितिले मुजेलियास्थित छठघाटमा चहलपहल देखिएको थियो ।