मुस्ताङमा प्रतिकूल मौसमको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय र लोमान्थाङ गाउँपालिकाले कात्तिक १२ देखि १५ गतेसम्म उच्च हिमाली क्षेत्रमा यात्रा नगर्न पर्यटक तथा पदयात्रीलाई आग्रह गरेका छन् ।
गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा भारी वर्षा, चट्याङ, मेघगर्जन र तीव्र हावाहुरीको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात र हिमपहिरोको जोखिमसमेत रहेकाले सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने चेतावनी दिइएको छ।मुस्ताङका प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलले प्रतिकूल मौसम, तापक्रममा गिरावट र पहिरोका कारण यात्रा जोखिमपूर्ण हुन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेका छन् ।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष तासी न्हर्बु गुरुङले हिमपातका कारण सडक चिप्लो हुने, सवारी दुर्घटनाको जोखिम बढ्ने र सडक अवरुद्ध हुन सक्ने भन्दै कोरला नाकातर्फको यात्रा तथा सवारी आवागमन मौसममा सुधार नआएसम्म स्थगित गर्न आग्रह गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया