सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

37 Shares

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । मंगलबार सुन प्रतितोला ८ सय रुपैयाँले बढ्दा चाँदी २५ रुपैयाँले सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । सोमबार सुन प्रतितोला २ लाख ८१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर ३ हजार ९ सय ७० रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला ३ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्यमा वृद्धि भए पनि चाँदीको मूल्यमा भने गिरावट आएको छ ।