बंगालको खाडीको मौसमी प्रणाली सक्रिय हुँदै, नेपालमा भारी वर्षाको चेतावनी

47 Shares

बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभावका कारण आगामी सातादेखि नेपालका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना देखिएको छ । 

मौसमविद्हरूका प्रारम्भिक विश्लेषणमा तीनवटा मौसमी प्रणालीको संयुक्त प्रभाव पर्न सक्ने र त्यसबाट कम्तीमा २९ जिल्ला बढी प्रभावित हुन सक्ने आकलन गरिएको छ ।मौसमविद् विनोद पोखरेल बताउछन् कात्तिक १२ देखि १५ गतेसम्म कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना देखिएको छ ।

हिमाली जिल्ला मनाङमा समेत विशेष सतर्कता आवश्यक रहेको औँल्याइएको छ । सम्भावित वर्षाका कारण तराईका क्षेत्रमा डुबान, पहाडी भूभागमा पहिरो तथा हिमाली क्षेत्रमा हिमपातको जोखिम बढ्न सक्छ । यसले धानबाली भित्र्याउने काम, सडक यातायात र हिमाली पदयात्रामा समेत असर पार्न सक्ने भएकाले किसान, यात्रु तथा पर्यटन व्यवसायीलाई मौसमको अवस्था बुझेर योजना बनाउन सुझाव दिइएको छ ।