दसैँको चहलपहल बढिरहेका बेला किसानलाई भने खेतबारीमा पाकेको बाली भित्र्याउने हतारो छ । बजारमा किनमेल र घरघरमा चाडपर्वको तयारी भइरहँदा किसानहरू धान, मकै, कोदो तथा अन्य बर्खेबाली काट्ने, सुकाउने र सुरक्षित रूपमा भण्डारण गर्ने काममा व्यस्त भएका छन् ।
यस वर्ष दसैँ र बाली भित्र्याउने समय एकैपटक परेकाले धेरै किसानलाई चाडपर्व मनाउनु र खेतीपातीको काम सक्नुबीच तालमेल मिलाउन कठिन भएको छ । वर्षभरि परिवारको खानपान र आम्दानीको आधार बन्ने बाली समयमै भित्र्याउन नसके वर्षा तथा प्रतिकूल मौसमले क्षति पु¥याउन सक्ने चिन्ता किसानमा रहेको छ ।
डडेल्धुरा, बैतडी र बाँकेलगायत जिल्लामा किसानहरू धानसहित विभिन्न बाली भित्र्याउन जुटेका छन् । कतिपय ठाउँमा पछिल्लो वर्षाका कारण पाकेको धानमा क्षति पुग्ने जोखिमसमेत बढेको छ । दसैँ नेपालीका लागि खुसी, भेटघाट र उत्सवको समय हो । तर किसानका लागि आफ्नो मिहिनेतले फलाएको अन्न सुरक्षित रूपमा घरमा भित्र्याउनु पनि उत्तिकै महत्त्वपूर्ण छ ।
बाली समयमै थन्क्याउन सके वर्षभरको खाद्यान्न सुरक्षित हुनुका साथै आगामी खेतीको तयारी गर्नसमेत सहज हुनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया