मलेसियन क्रिकेट संघको प्रमुख सञ्चालन अधिकृतमा विनोद दास नियुक्त

8 Shares

काठमाडौं । मलेसियन क्रिकेट संघले विनोद दासलाई प्रमुख सञ्चालन अधिकृत (सीओओ) नियुक्त गरेको छ।

संघले आज सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली क्रिकेट टोलीका पूर्वकप्तान दासलाई नयाँ प्रमुख सञ्चालन अधिकृतका रूपमा स्वागत गरेको जनाएको छ। संघले दाससँग क्रिकेट सञ्चालन, प्रशिक्षण तथा उच्च प्रदर्शनसम्बन्धी कार्यक्रमको क्षेत्रमा व्यापक अन्तर्राष्ट्रिय अनुभव रहेको उल्लेख गरेको छ।

मलेसियन क्रिकेट संघले उनको अनुभवबाट क्रिकेट सञ्चालन तथा उच्च प्रदर्शनसम्बन्धी कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ।