दसैँका लागि घर फर्किनेको लर्को, उपत्यका छाड्ने ५ लाख ७६ हजार नाघे

51 Shares

दसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख ७६ हजार नाघेको छ । घटस्थापनादेखि कात्तिक ३ गतेसम्म ५ लाख ७६ हजार ५७८ जना यात्रु उपत्यकाबाट बाहिरिएका हुन् ।

उक्त अवधिमा ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत यात्रु बाहिरिएका छन् । घर फर्किनेमा ३ लाख ४८ हजार ८२३ जना पुरुष र २ लाख २७ हजार ७५५ जना महिला छन् । दसैँ नजिकिएसँगै उपत्यकाका विभिन्न नाकामा यात्रु र सवारीसाधनको चाप बढेको छ । अध्ययन, रोजगारी तथा व्यवसायका लागि काठमाडौँमा बस्दै आएका नागरिक गाउँघर फर्किन थालेपछि लामो दूरीका सार्वजनिक यातायातमा समेत यात्रुको चाप देखिएको छ ।

यात्रुको आवागमन सहज बनाउन र सम्भावित दुर्घटना रोक्न ट्राफिक प्रहरीले प्रमुख नाकासहित सडकमा निगरानी बढाएको छ । चाडपर्वमा यात्रा गर्दा सवारीसाधनको अवस्था र चालकको स्वास्थ्यमा ध्यान दिनुका साथै सुरक्षित यात्राका नियम पालना गर्न प्रहरीले आग्रह गरेको छ ।