मनाङको चामेमा बाढी प्रभावितको सुरक्षित व्यवस्थापन

13 Shares

काठमाडाैं । मनाङको चामे क्षेत्रमा बाढीका कारण घरबाहिर बस्न बाध्य प्रभावित स्थानीयवासीलाई नेपाल सरकारको समन्वयमा जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायका सुरक्षाकर्मीहरू परिचालन गरी सुरक्षित स्थानमा एकत्रित गरिएको छ।

प्रतिकूल मौसमका कारण बाहिरबाट आवश्यक राहत तथा लजिस्टिक सामग्री तत्काल पुर्‍याउन कठिनाइ भइरहेको अवस्थामा पनि जिल्लामै उपलब्ध स्थानीय स्रोत–साधन अधिकतम परिचालन गरी प्रभावितहरूको अस्थायी बसोबास, खाना तथा आधारभूत आवश्यकताको व्यवस्थापन गरिएको छ।

मौसममा सुधार आएसँगै थप आवश्यक राहत तथा लजिस्टिक सामग्री प्रभावित क्षेत्रमा पुर्‍याउने तयारीसमेत भइरहेको छ।