काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। बिहीबार प्रतितोला २ हजार ३ सय रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार भने प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँ मा कारोबार भइरहेको छ। बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँ रहेको थियो।
यसअनुसार एक दिनमै सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले वृद्धि भएको हो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतारचढावसँगै नेपाली बजारमा पनि त्यसको प्रभाव देखिएको छ।
त्यस्तै, शुक्रबार चाँदीको मूल्यसमेत बढेको छ। बिहीबार प्रतितोला ४ हजार ६ सय २५ रुपैयाँ मा कारोबार भएको चाँदी शुक्रबार बढेर ४ हजार ७ सय ७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
चाँदीको मूल्य बिहीबारको तुलनामा शुक्रबार प्रतितोला १ सय ५० रुपैयाँले बढेको हो।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस ४ हजार ३ सय ६६ अमेरिकी डलर मा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारको मूल्य, अमेरिकी डलरको विनिमय दरलगायतका विभिन्न पक्षले नेपाली बजारमा सुनचाँदीको मूल्यमा प्रभाव पार्ने गर्छन्।
शुक्रबार सुन तथा चाँदी दुवैको मूल्य बढेसँगै बजारमा कारोबार हुने बहुमूल्य धातुको मूल्य पुनः उकालो लागेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया