बाढी प्रभावित नुवाकोट–रसुवामा राहत बाढ्न एमाले टोली परिचालन, अध्यक्ष ओलीद्वारा बिदाइ

11 Shares

काठमाडौं । नेकपा (एमाले) ले बाढी तथा पहिरोबाट प्रभावित नुवाकोट र रसुवाका विभिन्न क्षेत्रमा राहत तथा उद्धार कार्यका लागि आफ्नो विशेष टोली खटाएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार पार्टीको सम्पर्क विशेष सङ्गठन कमिटीका तर्फबाट परिचालन हुन लागेको उक्त टोलीलाई आवश्यक निर्देशनसहित बिदाइ गरेका छन् ।

भदौको १० गते गएको बाढीले नुवाकोट र रसुवामा ठूलो जनधनको क्षति भएको छ ।

यस्तो विपद्को घडीमा प्रभावित बासिन्दालाई तत्काल खाद्यान्न, त्रिपाल, औषधि लगायतका अत्यावश्यक सामग्री पुर्‍याउन र उद्धार कार्यमा स्थानीय प्रशासनलाई सहयोग पुर्‍याउन एमालेले यो टोली परिचालन गरेको हो ।