चलचित्र ‘कालमाण्डु’ आगामी पुस २४ गतेदेखि प्रदशर्नमा आउने

13 Shares

काठमाडौं । चलचित्र ‘कालमाण्डु’ आगामी पुस २४ गतेदेखि प्रदशर्नमा आउने भएको छ।

निर्माण टिमले सिनेमामा समावेश ‘राधा’ बोलको गीत सार्वजनिक गर्दै पुस २४ लाई प्रदर्शन मिति घोषणा गरेको हो। गीतमा सम्राट न्यौपानेको स्वर तथा संगीत रहेको छ । शब्दरचना रमेश देवकोटाको रहेकाे हाे । गीतको सार्वजनिक भिडियोमा मुख्य कलाकार अनिलराज पौडेल र रोशनी कार्की देखिएका छन् । गीतमा उनीहरू राधाकृष्णको भूमिकामा प्रस्तुत छन् ।

सयनम अधिकारीको लेखन तथा निर्देशन रहेको चलचित्र एक्सन थ्रिलर जनरामा निर्माण भएको हाे । १९ वर्षीया बहिनी हराएपछि उनलाई खोज्न निस्किएको एक दाजु कसरी अपराधीहरूको ट्यापमा पर्छन् भन्ने कथामा चलचित्रमा केन्द्रित गरिएकाे छ ।