जेनजी सहिदको अनुहार नमिलेपछि आफन्तको आपत्ति, उद्घाटन नै नगरी फर्किए गृहमन्त्री

13 Shares

काठमाडौं । ललितपुरको सातदोबाटोस्थित पौडी पोखरी परिसरमा निर्माण गरिएको ‘जेनजी स्मृति पार्क’ उद्घाटन गर्न पुगेका गृहमन्त्री सुधन गुरुङ उद्घाटन नगरी फर्किएका छन् ।

गत वर्षको जेनजी आन्दोलनमा ज्यान गुमाएका ४५ जनाको सम्झनामा निर्माण गरिएका सालिक शहीदहरूको वास्तविक अनुहारसँग मेल नखाएको भन्दै परिवारजनले आपत्ति जनाएपछि गृहमन्त्री गुरुङ उद्घाटन नगरी फर्किएका हुन् ।

पार्क उद्घाटनका लागि पुगेका शहीदका आफन्तहरूले सालिक निर्माणमा लापरबाही भएको भन्दै असन्तुष्टि जनाएका छन् । परिवारका सदस्यहरूले नै आपत्ति जनाएपछि सालिक सच्याएर मात्र अनावरण गरिने भएको छ ।