काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बुधबार संसद बैठकलाई सम्बोधन गर्नुहुने भएकाे छ।
सभापति लामिछानेले प्रतिनिधि सभाकाे बुधबार दिउँसो १ बजे बस्ने बैठकलाई सम्बोधन गर्ने पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभएकाे हाे। सभापति लामिछानेले सदनमा सम्बोधनका लागि सभामुख डीपी अर्यालसँग अनुरोध गर्नु भएको मुख्य सचेतक बुर्लाकोटीले बताउनुभएकाे छ।
बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानून आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेकाे छ। बैठकमा कानूनमन्त्री गौतमले ‘मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने भएकाे हाे।
कानूनमन्त्री गौतमले नै ‘एशियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्ताव’ पेश गर्ने कार्यसूची समेत रहेकाे छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया