9
Shares
काठमाडाैं । बाल यौन दुरुपयोग मुद्दाका एक थुनुवाको मंगलबार बिहान मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा रहेका इटहरी वडा नं. ४ का ६८ वर्षीय गोपाल भन्ने कुलबहादुर कार्की अचानक बेहोस भएर उपचार गर्न तत्काल लगेकोमा उपचारकै क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी चन्द्र खड्का अनुसार एक्कासि दाँत किटेर बिहान ४ः४५ बजे बेहोस भएपछि इटहरीकै वेदान्त अस्पताल लगिएको र त्यहाँबाट तत्काल रिफर गरेर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो।
उनी भदौ ५ गतेदेखि इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा थिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया