काठमाडाैं । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको फुर्केखोला र मलेखु बजारकोबीचमा पर्ने परेवाभीर खण्डमा दुईतर्फी सवारी साधन संचालन हुन थालेका छन् ।
यहि भदौ १० गते आएको बाढीका कारण सडक क्षतिग्रस्त भई आवागमन अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय धादिङले मर्मतपछि यो सडक खण्डमा गाडी संचालन हुन थालेका जनाएको छ। सडकमा थुप्रिएको अवरोध हटाएपछि सोमबार रातिदेखि निर्वाध रूपमा दुईतर्फी सवारी साधन संचालन हुन थालेका हुन् । लामो समय यो खण्ड अवरोध हुँदा यात्रु र चालकलाई सास्ति भएको थियो ।
परेवाभीर खण्डमा शनिबार, आइतबार र सोमबार बिहानदेखि साँझ ६ बजेसम्म गाडी बन्द गरी मर्मत कार्य गरिएको हाे। त्रिशूली नदीमा आएको बाढीका कारण गजुरी गाउँपालिका–२ परेवाभीरको सडकमा पनि क्षति पुगेको थियो । त्यस्तै, चरौँदी नदीको कृष्णभीरमा पनि अवरुद्ध सडक खुलाउने गरी काम भैरहेको छ ।
कृष्णभीरमा सवारी साधन संचालन हुनेगरी खुलाउन अझै केही दिन लाग्ने सडक विभागले जनाएको हाे।
फेसबुकबाट तपाईको प्रतिक्रिया