29
Shares
काठमाडौँ । रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालिएको छ । खोजी तथा उद्धारमा खटिएको नेपाली सेनाको टोलीले २ जनाको शव निकालेको हो ।
खोज तथा उद्धारको खटिएको टोलीले सुरुङभित्रबाट २ वटा शव निकालेको आयोजनाका प्रबन्धक विजयमान भट्टराईले जानकारी दिनुभयाे। उहाँका अनुसार आयोजनामा खटिएका ४१ जना अझै सम्पर्कविहीन छन्। लाङटाङ हाइड्रोमा विदेशी सहित २५ जनाको संयुक्त खोज तथा उद्धार टोली सुरुङका १५० मिटरसम्म प्रवेश गरेका छन् ।
अहिले दुई ठाउँमा प्वाल बनाएर खोजी कार्य भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया