हिमालयन बुलियनद्वारा बाढी पीडितलाई २१ लाख सहयोगको घोषणा

30 Shares

रसुवाका बाढी प्रभावितलाई हिमालयन बुलियन कम्पनी लिमिटेडले २१ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । बागमती रसुवा बाढी प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि सहयोग गर्ने घोषणा गरेकका हुन् ।

कम्पनीका राकेश अडुकीयाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने जनाएको हो । बाढीबाट भएको ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपत्तिमा परी ज्यान गुमाउने सम्पूर्ण नागरिकप्रति कम्पनीले श्रद्धाञ्जली अर्पण गरेको जनाएको छ ।

साथै, शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बाढी प्रभावित क्षेत्रमा नागरिकको खोज तथा उद्धार, तत्काल राहत र सहयोगका लागि आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धताअनुसार उद्धार कोषमा उक्त रकम प्रदान गर्ने घोषणा गरिएको कम्पनीको भनाई रहेको छ ।