प्रधानमन्त्रीको निर्देशनपछि पक्राउ परेका सबै पत्रकार रिहा

9 Shares

काठमाडौँ । समाचार कक्षबाटै पक्राउ गरिएका तीनै जना पत्रकार रिहा भएका छन् । सञ्चारमन्त्री विक्रम तिमल्सिनाले शुक्रबार राति सामाजिक सञ्जालमार्फत सबै पत्रकार रिहा भइसकेको जानकारी दिएका हुन् ।

पत्रकार रिहा भएको जानकारी दिँदै मन्त्री तिमल्सिनाले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताएका छन् । उनले ‘प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन्’ भनेका छन् ।

शुक्रबार प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका अध्यक्ष तथा प्रधान सम्पादक शोभराज बराल र डीएनए अनलाइनका धीरज बस्नेतलाई नियन्त्रणमा लिएको थियो ।

समाचार कक्षबाटै पत्रकार पक्राउ गरिएपछि त्यसको चौतर्फी विरोध भएको थियो । घटनाप्रति चासो व्यक्त गर्दै प्रधानमन्त्री बालेन शाहले पक्राउ परेका सबैलाई रिहा गर्न निर्देशन दिएका थिए । त्यसपछि उनीहरू रिहा भएका हुन् ।