29
Shares
काठमाडौं । तिब्बततर्फबाट आएको बाढीका कारण रसुवा जिल्लाका नेपाल प्रहरीका तीन वटा कार्यालयमा क्षति पुगेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार बाढीबाट इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याप्रुबेसी र प्रहरी चौकी रसुवागढीमा ठूलो क्षति भएको छ।
बाढीका कारण ती कार्यालयका भौतिक संरचनामा क्षति पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। यद्यपि, कार्यालयमा कार्यरत प्रहरी कर्मचारीको अवस्था तथा क्षतिको विस्तृत विवरण भने अझै प्राप्त हुन बाँकी रहेको बताइएको छ।
प्रहरी प्रधान कार्यालयले घटनासम्बन्धी थप विवरण संकलन भइरहेको जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया