काठमाडाैं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ।
गत शुक्रबार तोलामा ९ सय रूपैयाँले बढेको सुनको मूल्य आइतबार प्रतितोला ४ हजार ८ सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुन प्रतितोला ३ लाख १ हजार ७ सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। शुक्रबार सुन प्रतितोला दुई लाख ९६ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी शुक्रबार तोलामा चार हजार पाँच सय ८० रूपैयाँमा कारोबार भएको थियाे। चाँदी शुक्रबार चार हजार ६ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य शुक्रबारको तुलनामा प्रतितोला ६५ रूपैयाँले बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस चार हजार तीन सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया