काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारका लागि निर्धारित लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल वर्षाका कारण रद्द भएको छ ।
निरन्तरको वर्षाले मैदान खेल्न अनुपयुक्त बनेपछि खेल सञ्चालन गर्न नसकिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
क्यानका अनुसार बिहीबार रातिदेखि परेको पानीका कारण कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान भिजेको छ । खेल रद्द भएपछि दुवै टोलीले एक–एक अंक प्राप्त गरेका छन् ।
आजै हुने तालिकामा रहेको दोस्रो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् । उक्त खेल अपराह्न ५ बजे सुरु हुने तय भए पनि वर्षाका कारण प्रभावित हुन सक्ने सम्भावना छ ।
कात्तिक ९ गतेदेखि सुरु भएको एनपीएल मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया