कांग्रेसले डाक्यो केन्द्रीय कार्यसमिति बैठक

133 Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक साउन २४ गते बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयका अनुसार बैठक आइतबार दिउँसो १ बजे ललितपुरस्थित बीपी स्मृति भवन, बीपी नगरमा बस्नेछ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।