76
Shares
काठमाडौं । दक्षिण कोरियाको ईपीएस आवेदनको चाप बढेसँगै राहदानी विभागमा सार्वजनिक बिदाको दिन पनि सेवाग्राहीको भीड लागेको छ। विभागले शनिबार र आइतबार बिहान १० देखि बेलुका ४ बजेसम्म राहदानी सेवा सञ्चालन गरिरहेको जनाएको छ।
सेवाग्राहीले भने प्राविधिक समस्या र ढिलाइका कारण समयमै राहदानी नपाएको गुनासो गरेका छन्। विभागले नयाँ प्रणालीमा देखिएको समस्या र ईपीएस आवेदनको अत्यधिक चापका कारण केही ढिलाइ भएको स्वीकार गर्दै राहदानी अभाव नरहेको स्पष्ट पारेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया