काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिला मृत फेला

12 Shares

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा एक महिला आफ्नै कारभित्र जलेको अवस्थामा मृत फेला परेकी छन् ।

तारकेश्वर नगरपालिका वडा नं. १ स्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिकै पार्किङ गरी राखिएको विद्युतीय कारभित्र महिलाको शव भेटिएको हो ।

मृत्यु हुनेमा तारकेश्वर नगरपालिका–९, शुभकामना चोक बस्ने ४५ वर्षीया रश्मी रिजाल रहेकी छन् । उनी नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडमा ‘मर्चेन्ट हेड’को रूपमा कार्यरत थिइन् ।

पारिवारिक स्रोतका अनुसार उनी साउन ८ गते बिहान ७: ०० बजेदेखि सम्पर्कविहीन भएकी थिइन् । घटना कारणबारे प्रहरीले छानबिन थालेको छ ।