परराष्ट्रमन्त्री खनालको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध

20 Shares

काठमाडाैं । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक सिंहदरबारमा जारी रहेकाे छ।

बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले छिमेकी मुलुकहरू भारत र चीनको भ्रमणका साथै अन्य समसामयिक कुटनीतिक विषयहरूमा समितिलाई जानकारी गराउनुभएको हाे । मन्त्री खनालले साेही भ्रमणका उपलब्धि र नेपालको परराष्ट्र नीतिका सम्बन्धमा समितिका सदस्यहरूलाई अवगत गराउनुभयाे ।

बैठकमा परराष्ट्रमन्त्री र मन्त्रालयका सचिवको समेत उपस्थिति रहेको छ । समितिको बैठकमा सञ्चारकर्मीहरूलाई भने प्रवेश अनुमति दिइएन । संवेदनशील र कूटनीतिक विषयमा छलफल हुने भन्दै सञ्चारमाध्यमलाई बैठकमा सहभागी हुन रोक लगाइएको हो ।