लमजुङको मध्यनेपाल नगरपालिका–१०, हाँडीखोला बर्धान गाउँमा रहेको २४ पिर्के काठे पिङ मौलिक संस्कृति र रैथाने इन्जिनियरिङको नमुना बनेको छ । दशैँको फूलपातीदेखि सञ्चालनमा ल्याइने यो पिङले पुरानो पुस्ताको सीप र सामूहिक श्रमलाई जीवन्त राखेको छ ।
आधुनिक मनोरञ्जनका साधनको विस्तार र युवापुस्ताको पलायनसँगै गाउँघरमा परम्परागत काठे पिङ हाल्ने चलन घट्दै गएको छ । यस्तो अवस्थामा बर्धानका स्थानीयले पुरानो सीपलाई निरन्तरता दिँदै २४ पिर्के र आठ पिर्के पिङ सञ्चालनमा ल्याएका हुन् । पिङ निर्माणका लागि काठको छनोट, संरचनाको सन्तुलन र मौलिक सीप आवश्यक पर्छ ।
स्थानीयको सक्रियता र मध्यनेपाल नगरपालिकाको सहयोगमा संरक्षण हुँदै आएको यो पिङले दुरा समुदायको सांस्कृतिक पहिचान जोगाउनुका साथै आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया