ईश्वरी भुजेल हत्या प्रकरण :‘नेपाली ब्रो’ र प्रेमिका पुर्पक्षका लागि थुनामा

17 Shares

काठमाडौं । श्रीमती हत्या आरोपमा कर्तव्य ज्यान मुद्दा चलाइएका ‘नेपाली ब्रो’ भनिने कुमार थापा र उनकी प्रेमिका प्रतीक्षा आचार्यलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

काठमाडौं जिल्ला अदालतले थापा र आचार्यलाई बिहीबार पुर्पक्षका लागि थुनामा पठाएको हो । न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासको आदेशअनुसार थुनामा राख्न कारागार चलान गरिएको छ ।

नेपाली सेनाको सुवेदार पदमा कार्यरत श्रीमती ईश्वरी भुजेलको हत्या प्रकरणमा थापासहित तीनजना पक्राउ परेका थिए ।

थापाका साथी पुजन र भाइ विक्रमलाई भने इजलासले एक लाख धरौटीमा छाड्न आदेश दिएको छ । प्रहरी अनुसन्धानबाट विवाहेत्तर सम्बन्धका कारण सिर्जित कलहका कारण हत्या भएको देखिएको छ ।