देशका अधिकांश भू-भागमा आज मेघगर्जन र चट्यांगसहितकाे ठूलाे वर्षा हुँदै

19 Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशैभर मनसुनी वायूको प्रभाव रहेको जनाएको छ ।

बिहीबार बिहान कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई तथा पहाडी भू-भागका केही स्थान मेघगर्जन-चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको हाे ।

त्यस्तै, बिहीबार दिउँसो भने देशको हिमाली तथा पहाडी भू-भागको केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुने सम्भावना रहेको छ । लुम्बिनी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थानमा मेघगर्जन- चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको विभागले जनाएकाे हाे।

मधेश र कोशी प्रदेश तराईको केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागको केही स्थानमा ठूलो वर्षा हुने भएकाे हाे ।

त्यसैगरी बिहीबार राति भने देशैभर साधारणतया बादल लाग्ने छ। बागमती, गण्डकी, कोशी, मधेश. लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको हाे ।

गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानमा ठूलो वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।